०३ साउन २०८३, आइतबार

मधेस विश्वविद्यालय खुल्दै

मधेस विश्वविद्यालय खुल्दै

वीरगञ्जमा  मधेस विश्वविद्यालयको औपचारिकरुपमा  उद्घाटन गरिएको छ । बुधबार वीरगञ्जमा आयोजित एक विशेष कार्यक्रमबीच पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवको प्रमुख आथित्यतामा विश्वविद्यालयको उद्घाटन समारोहको आयोजना गरिएको हो । 

कार्यक्रमका प्रमुख अतिथि पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादव, मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत,  नेपाल सरकार वन तथा वातावरणमन्त्री प्रदीप यादवलगायतले मन्तव्य राखेका थिए । 
मधेस विश्वविद्यालयको कार्यालय हालका लागि वीरगञ्ज महानगरपालिका–१२ श्रीपुरस्थित नेशनल ट्रेडिङ भवन परिसरमा सञ्चालन गर्ने तयारी गरिएको हो ।  

salt training

कमेन्ट गर्नुहोस्