१५ असार २०८३, सोमबार

'बाहुबली'की यी अभिनेत्रीलाई जिस्काउँदैथिए सहअभिनेता, लगाइदिइन् थप्पड

कात्तिक २०, २०७४
'बाहुबली'की यी अभिनेत्रीलाई जिस्काउँदैथिए सहअभिनेता, लगाइदिइन् थप्पड

काठमाडौं, १७ साउन — फिल्म 'बाहुबली'को एक गीतमा देखिएकी अभिनेत्री स्कारलेट विल्सनसँग मुम्बईमा भइरहेको एक फिल्मको शूटिङका क्रममा दुर्व्यवहार भएको छ । दुर्व्यहार गर्ने सहअभिनेतालाई स्कारलेटले थप्पड हिर्काएकी छन् ।


समाचारअनुसार फिल्म ‘हंसा–एक संजोग’ को सेटमा यो घटना भएको थियो । स्कारलेट फिल्ममा एउटा आइटम नम्बरको शूटिङ गरिरहेकी थिइन् ।

त्यही फिल्ममा काम गर्ने अभिनेता उमाकान्त रायले उनीमाथि खराब टिप्पणी गरे र गलत तरिकाले उनलाई छुन खोजे । त्यसपछि स्कारलेटले उनलाई गाला चड्काइदिइन् र सेट छोडेर हिँडिन् ।

फिल्म निर्माता सुरेश शर्माले घटनाप्रति खेद प्रकट गरे । उनले भने, ‘हो, हाम्रो फिल्मको आइटम नम्बरको शूटिङ चलिरहेको थियो । त्यतिखेर उमाकान्तले स्कारलेटलाई दुर्व्यवहार गरेछ । हामी यो कदापि सहँदैनौं । उसलाई हामीले फिल्मबाट निकाल्यौं । उमाकान्तले माफी मागेमा हामी उनीमाथि पुनर्विचार गर्न सक्छौं । अहिलेका लागि हामी उनको उजुरी फिल्म फेडरेसन अफ इन्डियासमक्ष गर्नेछौं ।’

स्कारलेटले 'शंघाई' र 'आर राजकुमार' जस्ता फिल्ममा आइटम डान्स गरेकी छन् अनि उनी 'बाहुबली'मा 'मनोहारी' गीतमा पनि देखिएकी थिइन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्