२६ जेठ २०८३, मंगलबार

खार्किभमा युक्रेनले रुसविरुद्ध पायो आंशिक सफलता

भदौ २३, २०७९
खार्किभमा युक्रेनले रुसविरुद्ध पायो आंशिक सफलता

युक्रेनको खार्किभमा रुसले नियन्त्रण लिएको भूभागमा युक्रेनी सेनाले आंशिक सफलता हात पारेको छ । 

बाकाक्लेया शहरभन्दा उत्तरतर्फका सडकहरूमा कठोर नियन्त्रण कायम गर्ने लक्ष्यका साथ युक्रेनीहरूले कारवाही चलाइरहेका छन् । 

बुधवार दिनभरि युक्रेनी सैनिकहरूले बाकाक्लेया नजिक अनेकौं आक्रमण गरे । उनीहरू त्यस शहरलाई चारैतिरबाट घेर्न चाहन्छन् । 

बाकाक्लेया अहिले पनि रुसी सेनाकै नियन्त्रणमा छ । युक्रेनी सेना शहरको उत्तरी र दक्षिणी भागबाट अघि बढिरहेका छन् । उनीहरू शहरका सडकमा लडाइँ गरिरहेका छैनन् । 

अहिले शहरको उत्तरी भागमा लडाइँ चलिरहेको छ । 

शहरको उत्तरपूर्वी भागमा रहेको भेर्बोव्का गाउँको पश्चिमी भागमा युक्रेनी सेनाको नियन्त्रण छ । 

बुधवार बेलुकातिर कैयौं रुसी सैन्य स्रोतले बाकाक्लेयाबाट रुसी सैनिकहरू पछि हटेको खबर दिए । तर अन्य स्रोतले रुसी सैन्य इकाइहरू आफ्नो पोजिसन छोडेर गएको खबरको खण्डन गरेका छन् ।

शहरको उत्तरतिर भोलोखोभ यार जाने सडक युक्रेनी सेनाले रोकिदिएका छन् । यस राजमार्गको सेमेनोव्का र शेभचेन्को क्षेत्रमा लडाइँ भइरहेको छ । 

शेभचेन्कोमा नियन्त्रण कायम भएमा कुप्यान्स्कमा आक्रमण गर्न बाटो खुल्छ । 

अहिलेसम्म रुसी सैनिकहरूले शेभचेन्कोमा युक्रेनी आक्रमणको प्रतिकार गरिरहेका छन् र बस्तीमा नियन्त्रण कायम राखेका छन् । त्यससँगै युक्रेनी सैनिकहरूले कुप्यान्स्कमा आक्रमणका लागि मैदान तयार पार्न थप सैनिकहरू त्यसतर्फ पठाइरहेका छन् । युक्रेनी सेनाले कुप्यान्स्कमा हिमार्स रकेटमार्फत प्रहार गरिरहेको छ । 

बाकाक्लेयाको दक्षिणतर्फ युक्रेनी सेनाले बेराक र नोभाया गुसारोव्का गाउँहरू नियन्त्रणमा लिएको छ । उनीहरू जालिमान र साभिन्त्सीतर्फ अघि बढिरहेका छन् । 

साभिन्त्सीबाट चुगुएभ–इज्युम राजमार्ग जाने सीधा बाटो छ । त्यहाँबाट रुसी सेनाको पछिल्तिरको पोजिसनमा पुग्न सकिन्छ । 

युक्रेनी सेना सेभेर्स्की डोनेट्स नदी तरेर कुन्येतर्फ अगाडि बढेमा इज्युमा रहेको रुसी सेनालाई जोखिम हुन्छ । अनि बालाक्लेयामा रहेका रुसी सैनिकहरूलाई बन्दोबस्तीको सामान आपूर्ति गर्न पनि मिल्दैन । 

इज्युमा रुसी सेनामाथि दक्षिणतर्फबाट आक्रमण गर्नका लागि युक्रेनी सेनाले डोलिना गाउँमा पनि फौज जम्मा गरिरहेको छ । 

खार्किभ क्षेत्रको परिस्थिति तनावग्रस्त छ । दुवै पक्षले अग्रमोर्चामा आफ्ना जगेडा सैनिक तैनाथ गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्