२५ जेठ २०८३, सोमबार

हृत्तिक रोशनको नयाँ फिल्म विक्रम वेधाको ट्रेलर सार्वजनिक (भिडियो)

भदौ २३, २०७९
हृत्तिक रोशनको नयाँ फिल्म विक्रम वेधाको ट्रेलर सार्वजनिक (भिडियो)

हृत्तिक रोशन र सैफ अली खानको नयाँ फिल्म विक्रम वेधाको ट्रेलर बिहीवार सार्वजनिक भएको छ । 

ट्रेलरमा नैतिकता भएका प्रहरी अधिकृतको भूमिकामा सैफ छन् भने खतरनाक ग्याङस्टरको भूमिकामा हृत्तिक छन् । उनीहरू एकअर्काको सामना गरेको ट्रेलरमा देखिन्छ । 

साढे २ मिनेटको ट्रेलर विजय राजको भोइसओभरका साथ शुरू हुन्छ । दर्शकहरूलाई विक्रम र वेधाको दुनियाँका बारेमा परिचित गराइन्छ । यी दुई फरक व्यक्तित्व भएका मानिस हुन् तर यिनमा केही कुरा समान छन् । 

उत्तर प्रदेशमा सेट गरिएको फिल्मले प्रमुख पात्रको जीवनयात्रालाई समेटेको छ । ट्रेलरमा राधिका आप्टे पपन देखिन्छिन् । 

विक्रम वेधा फिल्म ३० सेप्टेम्बरमा रिलीज हुँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्