१६ असार २०८३, मंगलबार

कपिललाई टक्कर दिन सकेनन् कृष्णाले, शो बन्द हुन लागेको हो ?

कात्तिक २०, २०७४
कपिललाई टक्कर दिन सकेनन् कृष्णाले, शो बन्द हुन लागेको हो ?

काठमाडौं, १७ साउन — कपिल शर्माको शोको टीआरपी घट्दै गएकाले शो नै बन्द होला भनी धेरैले अनुमान गरिरहेका थिए ।


अनि कपिलका कट्टर दुश्मन कृष्णा अभिषेकले पनि उनलाई टक्कर दिनका लागि सोनी च्यानलमै 'द ड्रामा कम्पनी' नामक एक कमेडी शो ल्याएका छन् । तर यो शोको टीआरपी पनि राम्रो छैन र शायद यो बन्द हुने अवस्थामा छ ।

'द ड्रामा कम्पनी'ले अनेकौं कोशिश गरेपनि दर्शकलाई हँसाउनै सकेन । शोमा टन्नै कलाकारहरू भएपनि झुर फर्म्याट र कमजोर पन्चलाइनहरूका कारण कपिलको छेउमा राख्न समेत नसुहाउने छ यो ।

एकताका कृष्णा र सुदेश लाहिडीको जोडीले मानिसहरूलाई खुबै हँसाउँथ्यो तर अहिले उनीहरू बोर गरिरहेका छन् । फरक विधाका स्टारलाई बोलाएर उनीहरूले कमिक एक्ट देखाएपनि दर्शक पटक्कै प्रभावित भएका छैनन् ।

मनोरञ्जन वेबसाइटहरूका अनुसार शोका निर्माताहरू नै यसको चिसो प्रतिक्रियाका कारण निराश छन् । उनीहरूले कृष्णा अभिषेकलाई शोको होस्ट समेत गर्न दिएका छैनन् ।

उनको साटो करण ग्रोभरलाई होस्ट गर्न बोलाइएको छ ।

अब केही अन्य एपिसोडमा दर्शक पाइएन भने शो नै बन्द गरिने सम्भावना रहेको बताइएको छ ।

कपिललाई छोडेर द ड्रामा कम्पनीमा आएका अली असगर पनि कपिलकै शोमा फर्कने मनसुबा बनाइरहेको बुझिन्छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्