
काठमाडौं, १७ साउन — हामीहरूमध्ये यस्ता मानिस पनि छन् जसले जति मेहनत गरेपनि सफलता पाउँदैनन् । यो वास्तुदोषका कारण भएको हुन सक्छ । उन्नति प्रगतिमा बाधा गर्ने वास्तुदोष निवारणका तरिका यहाँ हामी प्रस्तुत गर्छौं ।

अफिस बसेको घरको जग्गा चौकोर वा आयाताकार हुनुपर्छ । अब आफूले भनेमुताबिक अफिसको जग्गा त के हुन्थ्यो र ? त्यसैले आफूले काम गर्ने टेबलमुनि चौकोर आकारको कपडा बिछ्याएर त्यसमाथि ल्यापटप राख्नुस् ।
दक्षिणपश्चिम कुनामा उत्तरतर्फ फर्केर बस्नुस् । आफ्नो टेबल र क्युबिकल सफा राख्नुस् ।
आफ्नो टेबलमा कछुवा वा इष्टदेवको तस्वीर राख्न सक्नुहुन्छ ।
तपाईंलाई जागिरमा प्रोत्साहन नभएर रिस उठ्छ भने सानो टेबल क्यालेन्डर राख्नुस् । रिस कम हुन्छ ।
यति उपाय गर्नुभयो भने जागिरमा मेहनत गरेको खेर जाँदैन । पैसा पनि कमाउन सक्नुहुन्छ ।