२२ जेठ २०८३, शुक्रबार

उत्पादन बढ्दा बागलुङ माछा, मासु र दूधमा आत्मनिर्भर

उत्पादन बढ्दा बागलुङ माछा, मासु र दूधमा आत्मनिर्भर
प्रतिकात्मक तस्वीर

व्यावसायिक किसानको संख्या बढेसँगै बागलुङ माछा, मासु र दूधमा आत्मनिर्भर भएको छ ।

जिल्लामा पछिल्लो केही वर्षयता व्यावसायिक पशुपालन तथा माछापालनमा किसान आकर्षित भएका छन् ।

जिल्लाभर वार्षिक १ करोड ५५ लाख ९९ हजार २०३ लिटर दूध उत्पादन हुने गरेको हो । विश्व खाद्य संगठनको मापदण्डअनुसार १ जना व्यक्तिका लागि वार्षिक ९१ लिटर दूध आवश्यकता हुन्छ । १ लाख ६८ हजार ७१३ जनसंख्या रहेको जिल्लामा वार्षिक १ करोड ५३ लाख ५२ हजार ८८३ लिटर दूध भए पुग्छ । आवश्यकताभन्दा प्रतिव्यक्ति वार्षिक १ दशमलव ४६ लिटर दूध बढी उत्पादन भइरहेको भेटेरीनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रका प्रमुख चिकित्सक ऋषिराम सापकोटाले बताए ।

व्यावसायिक किसानलाई स्थानीय सरकारले सहयोग गर्ने र संघीय तथा प्रदेश सरकारका किसान लक्षित कार्यक्रमसमेत व्यावसायिक किसानसँगै पुग्ने भएकाले माछा, मासु र दूधको उत्पादन बढेको हो । उत्पादन बढेसँगै जिल्ला कृषिजन्य तीन उत्पादनमा जिल्ला आत्मानिर्भर भएको हो । आवश्यकताभन्दा बढी उत्पादन भइरहेको दूध छिमेकी जिल्लामा निर्यात हुने गरेको छ । जिल्लाको दक्षिण क्षेत्रबाट छिमेकी जिल्ला पर्वत र पश्चिम क्षेत्रबाट छिमेकी गुल्मीमा दूध निर्यात हुने गरेको तथ्यांक भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले राखेको छ । केही साना बजारमा छिमेकी जिल्लाबाट आयात समेत हुने गरेको छ । 

‘केही वर्ष पहिलासम्म पोखराबाट दूध ल्याएर बेचिन्थ्यो तर अहिले किसानको घरबाट सिधै दूध हाम्रो डेरी पसलमा आउँछ,’ मिलन दूध डेरी बागलुङका सञ्चालनक हिरादेवी शर्माले भनिन्, ‘पहिलाजस्तो बाहिरबाट ल्याउनुपर्ने अवस्था छैन ।’

जिल्लाभर ८६ हजार ९२० भैसी र २१ हजार ६६० गाईपालन भइरहेको तथ्यांक केन्द्रसँग छ । यीमध्ये अधिकांश दूध उत्पादन गर्न योग्य छन् । व्यावसायिक र घरायासी प्रयोजनामा पालिएका पशुचौपायको समेत तथ्यांक निकालेर केन्द्रले दूधको उत्पादन मूल्यांकन गर्ने गरेको सापकोटाले बताए ।

भैसीपालन गर्ने किसानले मासुका लागि राँगा समेत हुर्काउने गरेका र मासुको उत्पादनमा समेत सहयोग पुग्ने गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्