
प्रधानमन्त्री शेरबहादुर देउवा शनिवार थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल पुगेर धनगढीका स्थायीबासी नरबहादुर बलायरको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका छन् ।
धनगढीका ८१ वर्षीय बलायर लामो समयदेखि मिर्गौला रोगबाट पीडित भई अहिले नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार गराइरहेका छन् ।
अस्पताल पुगेर प्रधानमन्त्री देउवाको बलायरको स्वास्थ्य अवस्थाको बारेका विस्तृतमा जानकारी लिएको अस्पताल स्रोतले बताएको छ ।
प्रधानमन्त्री देउवा शनिवार बिहान ११ः३७ मा नर्भिक अस्पताल पुगेका थिए । देउवाले करिब ५ मिनेट बलायर र उनका आफन्त तथा उपचारमा संलग्न चिकित्सक टिमसँग कुराकानी गरेका थिए ।