
सन् २०२० मा सोनु सुद कोरोनाको अवधि र लकडाउनमा पीडित र गरिबलाई सहयोग गरेर ‘मसीहा’ बनेर देखा परे । अहिले पनि उनी सर्वसाधरणलाई सहयोग गर्न पछि परेका छैनन् । यही कारणले गर्दा उनी जनताको मनपर्ने कलाकारमध्ये एक हुन् ।
फ्यानहरूले सोनू सुदलाई विभिन्न तरिकाले धन्यवाद दिइरहेका छन् । यसैबीच एक फ्यानले उनलाई रगतले बनेको चित्र उपहार दिएका छन् । जुन इन्टरनेटमा भाइरल भयो । सोनु सूदले यो तस्विरमा आफ्नो प्रतिक्रिया दिएका छन् ।
राजाराम गुर्जर नामका एक प्रयोगकर्ताले आफ्नो ट्वीटर अकाउन्टमा सोनू सूदको पेन्टिङको भिडियो सेयर गरे, जसमा लेखिएको थियो कि, ‘प्रताबगढका श्री मधुजी गुर्जरले आफ्नो निवासमा लाखौँ मानिसहरू र रगतको सहयोग गर्ने सोनू सूद जीलाई भेटे । यो पेन्टिङ उपहार दिनु भएकोमा तपाईंलाई धेरै धेरै बधाई छ ।’
त्यसलाई रिट्वीट गर्दै अभिनेता सुदले लेखेका छन् –
‘रगत दान गर्नुहोस् मेरो भाइ,
रगतले मेरो पेन्टिङ बनाएर व्यर्थ नहोस् ।
धेरै धेरै धन्यवाद ।’
पेन्टिङमा सोनु सूदको यो जवाफले फेरि एकपटक मानिसको मन जित्यो र प्रयोगकर्ताले पनि कमेन्ट गरेर आफ्नो प्रतिक्रिया दिइरहेका देखिए ।