२५ जेठ २०८३, सोमबार

दार्चुलाको बाढीः लास्कु खोलाको धार फर्काउन श्रमदानमा खटिए मन्त्री बडू

दार्चुलाको बाढीः लास्कु खोलाको धार फर्काउन श्रमदानमा खटिए मन्त्री बडू
तस्वीरः किरण धामीको फेसबुकबाट

दार्चुलाको लास्कु खोलाको धार फर्काउन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू आफै फिल्डमा खटिएका छन् । शुक्रवार आएको बाढी तथा पहिरोले पाँच जनाको ज्यान लिनुका साथै अझै केही बेपत्ता रहेका छन् । 

खोलाले धार परिवर्तन गर्दै बाढी बस्तीमा पसेपछि ठूलो जनधनको क्षति भएको थियो । खोलाको धार पुरानै ठाउँमा फर्काउनका लागि आइतवार बिहानै मन्त्री बडूसहित सुरक्षा निकाय र स्थानीयवासीले समेत श्रमदान गरेका छन् । सशस्त्र प्रहरी बल, नेपाली सेना, नेपाल प्रहरी, जनप्रतिनिधि र स्थानीयसँगै मन्त्री बडूले पनि बगरमा पुगेर ढुंगा बोकेका छन् । उनीहरूले खोलाको धार फर्काउन तटबन्धन गरेका छन् । 

शुक्रवार रातिको अविरल वर्षाका कारण महाकाली नगरपालिका र नौगाड गाउँपालिकाका विभिन्न स्थानमा पहिरोले ठूलो क्षति पु¥याएको छ । अहिलेसम्म ५ जनाको शव भेटिएको ७ जना बेपत्ता रहेको र ८ जना घाइते भएका छन् । 

बाढीले लास्कु क्षेत्रका ४, बांगाबगर क्षेत्रका ११ घर तथा दशरथनगर आधारभूत विद्यालय पूर्णरुपमा क्षति भएको छ । दुहुँ र महाकाली जोड्ने लास्कु खोला झोलुंगे पुल र मोटरपुल बगाएको छ । बाढीले पार्किङमा राखेका ५ बोलेरो जीप बगाएको छ, भने १ ट्याक्टर र १ अल्टो कार बगाएको प्रहरी जनाएको छ ।


 

salt training

कमेन्ट गर्नुहोस्