२६ जेठ २०८३, मंगलबार

महारानी एलिजाबेथ पैगम्बर मोहम्मदकी वंशज हुन् ?

भदौ २६, २०७९
महारानी एलिजाबेथ पैगम्बर मोहम्मदकी वंशज हुन् ?

सन् १९८६ मा बेलायतका तत्कालीन प्रधानमन्त्री मार्गरेट थ्याचरलाई महारानी एलिजाबेथ द्वितीयाको सुरक्षा बढाउनुपर्ने भन्दै एउटा पत्र पठाइएको थियो । 

पत्रमा लेखिएको थियो, ‘महारानीको नसामा पैगम्बर मोहम्मदको रगत छ भन्ने कुरा थोरै मात्र बेलायतीलाई थाहा छ । तर सबै मुस्लिम धार्मिक नेताहरूलाई यस तथ्यमा गर्व छ ।’

पत्रमा थप लेखिएको थियो, ‘शाही परिवार पैगम्बर मोहम्मदको वंशज भएबाटै मुसलमान आतंकवादीहरूबाट सुरक्षित हुन्छ भन्ने कुरामा विश्वास गर्न सकिन्न ।’

शाही वंशको अध्ययन गर्ने संस्था बर्क्स पीयरेजका प्रकाशकीय निर्देशक ह्यारोल्ड ब्रूक्स–बेकरले यो पत्र लेखेका थिए । महारानी एलिजाबेथका विषयमा उनले गरेको दाबीले त्यतिखेर हंगामा मच्चिएको थियो । 

अहिले महारानीको मृत्युपछि यो दाबी पुनः चर्चामा छ । 

ब्रूक्स–बेकरका अनुसार, ४३ पुस्तादेखिको अध्ययनमा महारानी एलिजाबेथ पैगम्बर मोहम्मदको वंशज भएको कुरा थाहा पाइन्छ । 

यससम्बन्धी समाचार पहिलोपटक सन् १९८६ मा युनाइटेड प्रेस इन्टरनेसनलले छापेको थियो । 

एलिजाबेथको रक्तसम्बन्ध १४औं शताब्दीका अर्ल अफ क्याम्ब्रिजसँग जोडिन पुग्छ । ती अर्लले मध्यकालीन स्पेनको मुसलमान साम्राज्यसँग सम्बन्ध जोडेका थिए । त्यो साम्राज्य पैगम्बरकी छोरी फातिमासँग जोडिन्छ । 

मोरक्ककोको पत्रिका अल–उस्बुएले वंशावलीको चार्टमार्फत महारानी एलिजाबेथ द्वितीयाको सम्बन्ध पैगम्बर मोहम्मदसँग जोडेको छ । 

फातिमा पैगम्बर मोहम्मदकी छोरी थिइन् र उनका वंशज अल–कासिम स्पेनका राजा थिए । अल–कासिमको वंशमा जन्मेकी छोरी जायदा र उनका छोरा सान्चोका वंशजसँग नै महारानीको कनेक्सन छ । 

अब्बासिद राजवंशका तेस्रा राजा थिए अल मुतामिद इब्न अब्बाद । उनकी छोरी थिइन् जायदा । उनीहरूक सेविलेमा राज गर्थे । 

सेविलेमा अल्मोराविदहरूले आक्रमण गरे । अल्मोराविद बर्बर मुसलमान राजवंश थियो । त्यो मोरक्को वरपरको क्षेत्रमा केन्द्रित थियो । 

आक्रमणबाट बच्नका लागि सेविलेकी राजकुमारी जायदाले स्पेनका राजा अल्फोन्सको छैटौंकोमा शरण लिए । अल्फोन्सको क्यासिले र ग्यालिसिया क्षेत्रका राजा थिए । 

अल्फोन्सोले जायदालाई अपनाए अनि विवाह गरे । जायदा धर्मपरिवर्तन गरी मुसलमान बनिन् । उनले नाम पनि बदलेर इसाबेल राखिन् । 

अल्फोन्सो र जायदाको छोराको नाम सान्चो अल्फोन्सोज राखियो । 

सान्चोका एक वंशजले पछि गएर अर्ल अफ क्याम्ब्रिज रिचर्ड कानिसब्रासँग विवाह गरिन् । अर्ल इंग्ल्यान्डका राजा एडवर्ड तृतीयका नाति थिए । 

रिचर्ड कानिसब्राका वंशजहरूको सम्बन्ध इंग्ल्यान्डका राजा एडवर्ड चौथोसँग जोडियो । 

पछि स्कटल्यान्डका राजा जेम्स पाँचौंसँग यो रक्तसम्बन्ध जोडियो । उनको वंशज क्वीन मेरीसम्म यो आइपुग्यो । 

अनि यो सम्बन्ध मेरीका छोरा जेम्स छैटौंसँग आइपुग्यो । उनी पछि इंग्ल्यान्डका राजा भए । 

११ पुस्तापछि यो सम्बन्ध अघि बढेर राजा जर्ज छैटौंसम्म आइपुग्यो । 

जर्ज छैटौंकी छोरी महारानी एलिजाबेथ हुन् । उनी सन् १०२६ मा जन्मेर सन् १९५२ मा बेलायतकी महारानी बनिन् । 

तर यो दाबीको महत्त्वपूर्ण कडीका रूपमा रहेकी जायदाको पहिचानका विषयमा विवाद छ । इतिहासकारहरूले उनी पैगम्बर मोहम्मदको वंशज हुन् कि हैनन् भन्ने नै स्पष्ट नभएको बताएका छन् । 

बर्क्स पीयरेज संस्था आफैंले एलिजाबेथ द्विीया पैग्म्बर मोहम्मदको वंशज भएको दाबीको मूल स्रोत आफू नभएको बताएको छ । 

पीयरेजका अनुसार, यसको मूल स्रोत सर इयन मोनक्रिफ थिए । उनले यो तथ्य सन् १९८२ मा प्रकाशित पुस्तक रोयल हाइनेस ः एनसेस्ट्री अफ द रोयल चाइल्डमा समावेश गरेका थिए । 

अन्य इतिहासकारहरूले एलिजाबेथको रक्तसम्बन्धका विषयमा गरिएको दाबी पत्याउन नसकिने बताएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्