
धन प्राप्तिका लागि तथा धनवान बन्नका लागि शास्त्रमा धेरै उपाय उल्लेख गरिएका छन् । शास्त्रमा उल्लेख गरिएका यी उपाय अवलम्बन गर्दा धनवान बन्नमा आइरहेका अडचनबाट पार पाउन सकिन्छ । यस्ता उपायले धनयोगलाई प्रवल गरिदिन्छन् ।
यो आलेखमा एउटा त्यस्तै उपायबारे उल्लेख गरिएको छ, जसललाई अपनाउँदा धनयोग प्रवल हुन्छ ।
चाँदीको हात्ती
हिन्दू धर्ममा हात्तीलाई एक पवित्र पशु मानिन्छ । किनकी यो पशुको सम्बन्ध विध्नहर्ता मानिने भगवान गणेशसँग छ । यसकारण हात्तीको पालन तथा पूजा गर्नु अत्यन्त शुभ मानिन्छ । यस्तो मान्यता छ कि हात्ती पाल्ने व्यक्तिले कहिल्यै धनको अभाव वेहोर्नु पर्दैन । तर अहिलेको समयमा यति धेरै ठूलो जनावर पाल्नु संभव छैन ।
यसको विकल्पमा मानिसहरु चाँदीबाट बनेको हात्ती घरमा ल्याउने गर्छन् । चाँदीबाट बनेको हात्ती वास्तुशास्त्रका अनुसार धेरै शुभ मानिन्छ । एक त चाँदी अनि त्यसमा पनि हात्ती ! दुईटैले सकरात्मकता ल्याउने काम गर्छन् ।
चाँदीबाट बनेको हात्ती घर तथा कार्यालयमा राख्दा विभिन्न प्रकारका वास्तु दोष कम हुन्छन् । वास्तुशास्त्रमा कैयौं वास्तु दोषबारे उल्लेख गरिएको छ । यस्ता दोषका कारण व्यक्ति धनवान बन्ने संभावना पनि कम हुन्छ । यदि यी दोषलाई नष्ट गरिदियो भने घरमा लक्ष्मीको वास हुने मान्यता छ ।
कुनै पनि आकारको चाँदीको हात्ती यदि घर तथा कार्यालयको टेबलमा राखियो भने धन प्राप्तिको योग बन्न जान्छ । चाँदीबाट बनेको हात्ती घरको उत्तर दिशामा राख्नुहोस् ।