१२ असार २०८३, शुक्रबार

भेनेजुएलामा दुई विपक्षी नेताहरू पक्राउ

कात्तिक २०, २०७४
भेनेजुएलामा दुई विपक्षी नेताहरू पक्राउ

काठमाडौं, १७ साउन — भेनेजुएलामा विपक्षी दलका दुई नेताहरू लियोपोल्डो लोपेज र एन्टोनियो लेडेज्मालाई पक्राउ गरिएको उनीहरूका आफन्तले बताएका छन् ।


सन् २०१४ मा सरकारविरोधी प्रदर्शनका दौरान हिंसा भड्काएको आरोपमा उनीहरूलाई घरमै नजरबन्द गरिएको थियो ।

ती नेताका परिवारले उनीहरूलाई कहाँ लगिएको थाहा नभएको बताएका छन् ।

संविधानसभाका लागि गरिएको विवादास्पद मतदानको दुई दिनमा यो कदम चालिएको हो । चुनावी हिंसामा कम्तीमा १० जनाको मृत्यु भएको थियो ।

राष्ट्रपति निकोलास मदुरोले भेनेजुएलाको संविधान पुनर्लेखन गर्नका लागि संसवधानसभा बैठक डाकेका थिए ।

यसले भेनेजुएलाको ध्रुवीकृत समाजका विभिन्न क्षेत्रलाई सँगै ल्याएर शान्ति सिर्जना गर्ने अनि संवाद बढाउने उनले तर्क गरेका थिए ।

तर विपक्षी दलले राष्ट्रपतिले आफ्नो शक्ति बढाउन अनि विपक्षीको नियन्त्रणमा रहेको संसद्लाई पाखा लगाउन संविधान पुनर्लेखन गर्न खोजेको आरोप लगाएका छन् ।

उनीहरूले मतदान बहिष्कार गर्दै भेनेजुएलावासीलाई सडक प्रदर्शन गर्न आह्वान गरेका थिए । यो निर्वाचनलाई दक्षिण अमेरिकी नेताहरू, युरोपेली संघ र अमेरिकाले निन्दा गरेका छन् ।

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्