१० असार २०८३, बुधबार

सरोज–आनन्ददेखि अञ्जु–स्वस्तिमासम्मलाई अवार्ड

सरोज–आनन्ददेखि अञ्जु–स्वस्तिमासम्मलाई अवार्ड

‘पुरानालाई सम्मान, नयाँलाई प्रोत्साहन’ भन्ने नाराका साथ नेपाली फेसन एवं मनोरञ्जन क्षेत्रको अवार्ड सम्मान कार्यक्रम ‘नेपाल फेसन एण्ड इन्टरटेन्मेन्ट अवार्ड २०२२’ सम्पन्न भएको छ ।

हिमालयन मुभिज प्रोडक्सन हाउसको आयोजनामा र्‍याडिसन होटलमा सम्पन्न भएको कार्यक्रममा दर्जनौं सेलिब्रेटीसँगै सौन्दर्य विधाका व्यक्तित्वहरूलाई अवार्ड तथा सम्मान दिइएको थियो ।

कार्यक्रममा विशेष विधाअन्र्तगत पपुलर सिने स्टार अवार्डबाट अभिनेत्री स्वस्तिमा खड्कालाई सम्मान दिइएको थियो । मोसन पिक्चर्स एक्टिङ स्टार अवार्डबाट अभिनेता सरोज खनाल र मोसन पिक्चर्स क्विन अफ एक्टिङ अवार्डबाट अभिनेत्री गौरी मल्ललाई सम्मान दिइएको थियो । 

क्रमशः आइकोनिक पपुलर मोडल अवार्डबाट मोडल तथा अभिनेता दिक्पाल कार्की, पपुलर ड्रेस डिजाइनर अफ इन्टरटेन्मेन्ट इन्ड्रस्ट्री अवार्डबाट सुक्निता चौलागाईलाई सम्मान दिइएको थियो । 

एभरग्रिन मेलोडीभोकल स्टार अवार्डबाट गायक आनन्द कार्की, क्विन अफ एभरग्रिन भ्वाइस अवार्डबाट गायिका अन्जु पन्त, आइकोनिक पप स्टार अवार्डबाट गायक धिरज राईलाई सम्मान गरिएको थियो । क्रमशः स्नेहा राना आइकोनिक मेकअप आर्टिस्ट, तेन्जिङ भुटिया आइकोनिक फेसन डिजाइनर रोजिन शाक्य आईकोनिक फेसन कोरियोग्राफर अवार्डबाट सम्मानित भएका थिए 

स्पेसल हिरो अवार्डबाट धर्मबहादुर बानियाँ, प्रभावशाली सामाजिक अभियन्ता अवार्डबाट सावित्री शाह, आइकोनिक लोक गायिका अवार्डबाट राधा हमाल बानियाँ, सोसियल वेलफेर वर्कर अवार्डबाट मनुबान्ता मगर सम्मानित भएका थिए । सम्मानित सबैलाई ट्रिव्युट पनि कार्यक्रममा दिइएको थियो ।

इमर्जिङ तथा एस्पायरिङ विधाअन्र्तगत इमर्जिङ फेसन डिजाइन सरस्वती अधिकारी, इमर्जिङ मेकअप आर्टिस्ट निशा थापा, एस्पायरिङ मेकअप आर्टिस्ट तबिता राई, पपुलर टाइटल विजेता मिस केञ्जल योङहाङ, पपुलर टाइटल विनर मिसेस समुदाय विधा अन्र्तगत भिश्मा नेम्बाङ, पपुलर पेजेन्ट मेक अप आर्टिस्ट पवित्रा सुब्बा तामाङ, पपुलर मेकअप आर्टिस्ट सजना खतिवडाले अवार्ड जितेका थिए । 

प्रमुख विधाअन्र्तगत बेस्ट टाइटल विनर मिसेस् निता लिङ्देन, बेस्ट इभेन्ट मेकअप आर्टिस्ट सबिना तामाङ, बेस्ट फेसन मोडल निङ्ग्मालमु शेर्पा, बेस्ट फेसन मोडलटिन, जेनिभा मर्हजन, बेस्ट पेजेन्ट मेकअप आर्टिस्ट गीता राई र बेस्ट टाइटल विनर प्रोफेसन विधामा मञ्जु थापाले अवार्ड उचालेका थिए । 

कार्यक्रमको शुरूआतमै गायक धिरज राईले हिमालयन मुभिज प्रोडक्सन हाउसकी प्रबन्ध निर्देशक हिमानी सुब्बाको कोरियोग्राफीमा धमाकेदार प्रस्तुती दिएका थिए । हिमानीले धिरजको प्रस्तुतीसँगै र्‍याम्पवकमा सुन्दरीहरूलाई हिँडाएकी थिइन् । कार्यक्रमको बारेमा बोल्दै प्रबन्ध निर्देशक हिमानी सुब्बाले नेपाली चलचित्र, सांगीतिक क्षेत्रसँगै फेसन एवं मोडलिङ क्षेत्रका व्यक्तित्वहरूलाई सम्मान गर्ने उद्देश्य पूरा भएको बताइन् ।

इभेन्ट म्यानेजर कोमलनाथ खतिवडाले कार्यक्रमलाई निरन्तर गरिरहने हौसला कार्यक्रमबाट पाएको बताए । आयोजक संस्था हिमालयन मुभिज नेपाली फेसन क्षेत्रमा चर्चित नाम हो, जसले धेरै फेसन शो, सौन्दर्य प्रतियोगिताहरू आयोजना गर्दै आइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्