१२ असार २०८३, शुक्रबार

मिटरब्याज पीडितहरूको आन्दोलनमा प्रहरीको हस्तक्षेप

मिटरब्याज पीडितहरूको आन्दोलनमा प्रहरीको हस्तक्षेप

मिटरब्याजबाट पीडितहरूको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । देशका विभिन्न स्थानबाट न्याय खोज्दै काठमाडौं आएका पीडित र प्रहरीबीच सोमवार कीर्तिपुरमा झडप भएको हो । 

विशेष गरेर तराई जिल्लाहरूबाट काठमाडौं आएर न्यायका लागि संघर्ष गरिरहेका पीडितहरू कीर्तिपुरमा बस्दै आएका थिए । उनीहरूले सोमवार कीर्तिपुरमै प्रदर्शन गर्ने क्रममा प्रहरीसँग झडप भएको हो । 

झडपका क्रममा केही प्रदर्शनकारीहरू सामान्य घाइते भएको बताइएको छ । 

उनीहरूको आन्दोलनपछि सरकारले मिटरब्याज धन्दाको बारेमा देशव्यापी छानबिन गर्न विशेष समिति गठन गरिसकेको छ । उक्त समितिले मिटर ब्याजबाट पीडितहरूसँग निवदेन संकलन गरेर छानबिन गरिरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्