
म्यानमार र मलेसियाका नवनियुक्त राजदूतहरूले शपथ लिएका छन् । सोमवार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दुई राजदूतले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक कार्यक्रममा म्यानमारमा राजदूत हरिश्चन्द्र घिमिरे र मलेसियाका राजदूत डिल्लीराज पौडेलले शपथ लिए ।
शपथ ग्रहण समारोहमा परराष्ट्रमन्त्री डा. नारायण खड्कासहित नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।