
काठमाडौं, १७ साउन - सर्वोच्च अदालतले आन्तरिक राजश्व विभावका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई न्यायिक हिरासतमा राख्न आदेश दिएको छ ।
अब उनी अख्तियारको हिरासतबाट प्रहरीको हिरासतमा रहने छन् ।
न्यायधीशहरु दिपकराज जोशी,दिपक कुमार कार्की,केदारप्रसाद चालिसे,शारदाप्रसाद घिमिरे र अनिलकुमार सिन्हाको पूर्ण इजलाशले शर्मालाई न्यायिक हिरासतमा आदेश दिएको हो ।
कर छली प्रकरणमा शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेठ १९ गते पक्राउ गरेको थियो । कर फछ्र्यौट आयोगबाट २० अर्ब रुपैयाँ हिनामिना गरेको आरोप उनलाई लागेको छ ।
शर्माकी श्रीमतीले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।