०९ असार २०८३, मंगलबार

नक्कली प्रहरी बनेर मोबाइल लुटपाट गर्ने दुई जना पक्राउ

नक्कली प्रहरी बनेर मोबाइल लुटपाट गर्ने दुई जना पक्राउ

प्रहरीको भेषमा फोन लुटपाट गरेको अभियोगमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । काठमाडौं महानगरपालिका ३१ कात्यायनी मन्दिर नजिकै कपिल श्रेष्ठले सञ्चालन गरेको के एस मोबाइल सपबाट मोबाइल फोन लुटपाट गरेको आरोपमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । 

पक्राउ पर्नेमा सिन्धुपाल्चोक साँगाचोकगढी ६ घर भई हाँडीगाउँ बस्ने ४१ वर्षीय बालसुन्दर सापकोटा र एकै ठाउँ बस्ने ४० वर्षका अर्जुन कार्की रहेका छन् । 

उनीहरूले अनलाइनमार्फत आई फोन किन्ने भनी बोलाएर नक्कली पेस्तोल देखाई ३ थान आई फोन लुटेर फरार भएको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट प्रहरीले नक्कली पेस्तोल, त्यसको गोली ५ थान र लुटिएको मोबाइल सेटसमेत बरामद गरेको छ । 

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्