×

NMB BANK
NIC ASIA

विद्यालय पुनःनिर्माण नभएपछि आठ वर्षदेखि टहरामा कक्षा

भदौ २७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

विसं २०१७ मा दोलखाको जिरीमा स्थापना भएको जिरी माध्यमिक विद्यालय विसं २०७२ मा आएको विनाशकारी भूकम्पका कारण पूर्ण रुपमा क्षति भयो । विद्यालयका भौतिक संरचना पुनः प्रयोग गर्न नमिल्ने गरी भूकम्पले क्षति गरेपछि हालसम्म विद्यालयको भौतिक संरचाना निर्माण हुन नसक्दा विगत आठ वर्षदेखि जस्ताको अस्थायी सिकाइ केन्द्रमा कक्षा सञ्चालन हुँदै आएको छ । 

Muktinath Bank

बाल कक्षादेखि उच्च शिक्षासम्म अध्यापन हुँदै आएको जिरी माध्यमिक विद्यालयमा विद्यालयको कुनै पनि पक्की भवन नभएपछि सबै कक्षा जस्ताको अस्थायी टहरामा कक्षा सञ्चालन हुँदै आएको छ । नगरपालिका भित्रका अन्य सबै विद्यालयमा पक्की भवन निर्माणको काम सम्पन्न भईसकेको भए पछि जिरी माध्यमिक विद्यालयको भवन निर्माणको काम सुरुआत हुन सकेको छैन । जिरी माध्यमिक विद्यालय भूकम्पपछि चीन सरकारले पूर्ण अनुदानमा निर्माण गरी दिने सहमति भएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर हालसम्म विद्यालय पुन निर्माणका लागि कोहि पनि विद्यालयमा नआएको विद्यालयका प्रधानध्यापक कुमार जिरेलले बताए । भूकम्प गएको केही महिनापछि विद्यालय निर्माणको लागि चीन सरकारसँग पुनः निर्माण प्राधिकरण शिक्षा समन्वय एकाइमार्फत विद्यालयको सम्झौता भए पछि स्थलगत अवलोकणको लागि प्राविधिक विद्यालयमा आएको र भत्किएको सबै संरचना हटाएर ठाउँ तयार गर्न लगाएपछि हालसम्म विद्यालय निर्माणको लागि उक्त टोली नफर्किएको प्रधानध्यापक जिरेलले बताए । 


Advertisment
Nabil box
Kumari

जिरी माविको लागि आवश्यक पर्ने कक्षाकोठा तथा पुस्तकालय, प्रयोगशाला, कम्प्युटर प्रयोगशाला, खेल मैदान, चमेना गृहसहित करिब एक अर्बको लगानीमा सन २०१५ देखि पुनःनिर्माणको काम सुरु गर्ने गरी सम्झौता भएको थियो । तत्काल नै काम सुरु गर्ने भएपछि विद्यालयले आवश्यक २८ वर्ग मिटर जमिन खाली गरी राखेको छ । तत्काल काम सुरु गर्ने सहमति भए पनि कोरोना महामारी का कारण देखाउँदै चीन सरकारले तत्काल काम अघि नबढाएको प्रधानध्यापक जिरेलले बताए । 

Vianet communication
Laxmi Bank

उच्च शिक्षासम्म अध्ययन हुने जिरी माध्यमिक विद्यालयमा हाल विभिन्न कक्षामा गरी छ सय ६५ विद्यार्थी अध्ययन गर्दै आइरहेका छन् । लामो समयदेखि टहरामा अध्ययन गराउँदा विद्यार्थीलाई समस्या हुने गरेको शिक्षकले गुनासो गरेका छन् । घाम लाग्ने समयमा जस्ताले अत्यधिक तातो हुने र वर्षाको समयमा पानी पर्दा जस्ता बजेर पढ्नका लागि समस्या हुने गरेको विद्यार्थीको गुनासो रहेको छ । 

विद्यालय निर्माणका लागि चीन सरकारसँग सम्झौता भई सकेका कारणले जिरी नगरपालिका भित्रका अन्य सबै विद्यालय पुनः निर्माण हुँदा पनि  जिरी माविमा नगरपालिकले लगानी गरेर पुनः निर्माणको काम नगरेको जिरी नगरपालिकाका प्रमुख मित्र जिरेलले बताए । जति सक्दो चाँडो विद्यालय पुनः निर्माणको काम सुरु गर्नका लागि चीन सरकारसँग नगरपालिकाले समन्वय गरी रहेको उनले बताए । 

विद्यालय निर्माणका लागि आवश्यक पर्ने सडक, विद्युत्, पानीलगायत सबै पूर्वाधार नगरपालिकाले तयारी गरिसकेको छ । पुनः चीन सरकारसँग जति सक्दो चाँडो विद्यालय निर्माणको लागि आग्रह गर्ने र नभएमा अन्य स्रोत खोजेर भए पनि नगरपालिकाले पुनः निर्माण गर्ने नगर प्रमुख जिरेलले बताए । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु  तिमी होली भन म दिवाली बनाइदिन्छु  शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...

माघ २५, २०८०

सप्तरी/राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मध...

माघ २४, २०८०

‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...

चैत ६, २०८०

सरकारले शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तर...

मंसिर २९, २०८०

खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् ।  दिक्तेल रु...

कात्तिक १९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् ।  त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको चार वर्षे ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x