११ असार २०८३, बिहीबार

बिदा भए इन्द्रजात्राका पाहुना

बिदा भए इन्द्रजात्राका पाहुना

वर्षा र सहकालको देवता देवराज इन्द्रको पूजा–आराधना गरी मनाइने परम्परागत इन्द्रजात्रा अवलोकन गर्न आएका पाहुना बिदा भएका छन् । ऐतिहसिक जात्रा अवलोकनका लागि काठमाडौँ महानगरपालिकाको निमन्त्रणामा देशका विभिन्न स्थान र विदेशबाट पाहुना काठमाडौँ आएका थिए । जात्राको अवलोकनसँगै पाहुनालाई वसन्तपुर, हाँडीगाउँसहित भक्तपुर, ललितपुर र कीर्तिपुरको सम्पदा यात्रा गराइएको थियो ।  

जुद्ध शालिकबाट सुरु भएको सम्पदा पदयात्रा काष्ठमण्डप, मरुहिटी, मरु गणेश, यट्खाबहाल, नरदेवी, किलागल, इन्द्रचोक हुँदै बसन्तपुर फर्किएको थियो । त्यस क्रममा इन्द्रजात्रासँग सम्बन्धित सामाजिक तथा सांस्कृतिक गतिविधि, हिटी संस्कृति, आकाश भैरव, देशेमरु झ्याःसहितका सांस्कृतिक गतिविधि अवलोकन गराइएको थियो । मठमन्दिर, देवालय, चोक तथा यससँग जोडिएका घटनाका विषयमा समेत जानकारी गराइएको थियो ।  

स्थानीय बाजागाजासहितको पदयात्राका क्रममा माटाका भाँडा बनाउने, कपडा बुन्ने, सामाजिक खाना तथा परिकार निर्माणजस्ता क्रियाकलापको अवलोकन गराइएको थियो । यसैगरी विश्वसम्पदा क्षेत्र स्वयम्भू स्तूप परिसरको पनि अवलोकन गराइएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्