
भारतस्थित उत्तर प्रदेशको राजधानी लनखऊमा रहेको एक निजी विद्यालयमा अध्ययन गर्ने छात्राले आत्महत्या प्रयास गरेकी छन् ।
सँगै कोठामा बस्ने साथी र केही छात्रहरूले बलात्कार गर्ने र तेजाब आक्रमण समेत गर्ने धम्की दिएपछि ती बालिकाले आत्महत्या प्रयास गरेको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् ।
आफ्नै साथीहरूको धम्कीबाट डराएर छात्राले होस्टलमा नै विष सेवन गरेको र अहिले उनको एक निजी अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
घटनाको भिडियो सामाजिक सञ्जालमा आएपछि प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।
फोनकलको विषयमा सँगै कोठामा बस्ने साथीहरूबीच शुरूआती विवाद भएको थियो ।
विवादपछि छात्राको केही साथीहरूले बलात्कार र तेजाव आक्रमणको धम्की दिएको समेत उल्लेख गरिएको छ ।
अहिले छात्राको साथीहरूविरुद्ध अनुसन्धान भइरहेको त्यहाँको प्रहरीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले खबर लेखेका छन् ।