बेलायतमा महारानी एलिजाबेथको अन्त्येष्टि समारोहमा अमेरिकाका राष्ट्रपति जो बाइडनलाई आफ्नो महंगो क्याडिलाक कार चढ्न दिइने बताइएको छ ।
सुरक्षा कारणले गर्दा बाइडनलाई कार चढ्न अनुमति दिइएको हो । अन्य धेरै मुलुकका नेताहरूलाई चाहिँ बसमा राखेर लगिने बताइएको छ ।
सन् १९६५ मा सर विन्सटन चर्चिलको अन्त्येष्टिपछि बेलायतमा पहिलोपटक विश्व नेताहरूको ठूलो भेला अर्को साता गरिनेछ । त्यसमा कैयौं देशका राष्ट्रप्रमुखहरू सहभागी हुनेछन् ।
फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रों र जापानका राजा नारुहितोलाई पनि निजी गाडी चढ्न दिइनेछ ।
बुलेटप्र्रूफ, बमप्रूफ अनि रासायनिक र जैविक आक्रमण समेत थेग्न सक्ने कारमा चढेर बाइडनले अन्त्येष्टि समारोहमा सहभागिता जनाउने भएका हुन् ।