×

NMB BANK
NIC ASIA

एकै पटक ३३ जना शिक्षकको सरूवा भएपछि विद्यार्थी आन्दोलित

भदौ २९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

पश्चिम नवलपरासीमा शिक्षक सरूवाको विषयलाई लिएर विद्यार्थीहरूले रामग्राम नगरपालिका घेराउ गर्दै प्रदर्शन गरेका छन् । 

Muktinath Bank

सामुदायिक विद्यालयका प्रधानाध्यापकसहित एकै पटक ३३ जना शिक्षकको सरूवा गरेपछि अहिले नगर क्षेत्रको शैक्षिक क्षेत्रमा हलचल मच्चिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

देशभर राष्ट्रिय बाल दिवस मनाई रहेका बेला सदरमुकाम परासीको रामग्राम नगर क्षेत्रका विद्यार्थीहरु भने आन्दोलनमा उत्रिएका हुन् । 


Advertisment
Nabil box
Kumari

बाल दिवसको अवसरमा नगरपालिकाको सभाहलमा चित्रकला प्रदर्शनी राखिएको थियो । तर, विद्यार्थीहरू आन्दोलनमा उत्रिएपछि कार्यक्रम स्थगित भएको छ । आन्दोलनका कारण नगरपालिकाको काम ठप्प बनेको छ । विद्यार्थीहरू नगरपालिकाको मूल गेटबाट भित्र प्रवेश गर्न थालेपछि केही समय प्रहरीसँग धकेला धकेलसमेत भएको थियो । 

Vianet communication
Laxmi Bank

सदरमुकाममा रहेको पवन माध्यामिक विद्यालयका विद्यार्थीहरूले प्रदर्शन गरेपछि वरपर रहेका केही विद्यालयका विद्यार्थीहरु पनि आन्दोलनमा सहभागी हुन आएका थिए । 

राम्रो पढाउने शिक्षकको सरूवा गरेका कारण आन्दोलन गर्नुपरेको विद्यार्थीहरूले बताएका छन् । 

सरूवा फिर्ता नभएसम्म आन्दोलन जारी रहने पवन माविका विद्यार्थीहरुले बताएका छन् । पवन माविबाट प्रधानाध्यापकसहित ६ शिक्षकको सरुवा गरिएको छ ।

नगर क्षेत्रमा ३२ वटा सामुदायिक विद्यालयमा छन् । ती विद्यालयमा कुल १ सय ४१ जना शिक्षकले अध्यापन गराउँदै आएका छन् । जसमध्ये माध्यामिक तहका ८ जना, निम्नमाध्यामिक तहका २० जना र प्राथमिक तहका ५ जनासहित ३३ जना शिक्षकको सरूवा भएको नगर शिक्षा शाखाका प्रमुख रूद्रप्रसाद रेग्मीले बताए । 

उनीहरुको नगर क्षेत्रकै विद्यालयहरूमा सरुवा भएको हो । सरुवा भएकामा शिक्षकहरू एकै विद्यालयमा ३ वर्षदेखि २८ वर्षमा कार्यरत रहेको रेग्मीले बताए । 

लामो समयसम्म एउटै विद्यालयमा बस्नु भन्दा अर्को विद्यालयमा जाँदा शैक्षिक सुधार हुने अपेक्षाले सरूवा गरिएको रेग्मीको भनाई छ । रामग्राम नगरपालिका मेयर धनपत यादवले नियमानुसार सरूवा गरिएकाले विद्यार्थीहरुको मागलाई कार्यपालिकाको बैठक बसेर टुंगो लगाउने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

चैत ८, २०८०

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x