न्यूयोर्क, १८ साउन– अमेरिकाको टेनेसी प्रान्तमा प्रहरीले एक महिलालाई गिरफ्तार गरेको छ, जसले विवाह भएको केही क्षणमै दुलाहाको कञ्चटमा बन्दुक ताकिन् र ट्रिगर दबाइदिइन् ।
२५ वर्षकी केट एलिजाबेट प्रिचार्डलाई बेहुलीको ड्रेसमै प्रहरीले मरफ्रेसबोरोको एक होटेलबाट गिरफ्तार गरेको हो । घटना ३१ जुलाईको हो ।
एलिजाबेथले कथित विवाहपछि आफ्नै दुलाहाको कञ्चटमा ९ एमएमको पेस्तोल ताकिन् र ट्रिगर दबाइन् । ‘गल्ती’ यो भयो कि पेस्तोलमा गोली लोड गरिएको थिएन । त्यसपछि उनले पेस्तोलमा गोली लोड गरिन् र कयौं पटक हावामा फायर गरिन् ।

हावामा फाइरिङ गरिएपछि त्यहाँको माहोल एकाएक आतंकित भयो । र मानिसहरु डराएर भाग्न थाले ।
प्रहरी घटनास्थलमा पुगेपछि प्रत्यक्षदर्शीले बयान दिँदै भनेका छन्, ‘नवविवाहित जोडी रक्सी पिउँदै थिए । र त्यसपछि उनीहरुबीच झगडा हुन थाल्यो ।’