२५ जेठ २०८३, सोमबार

पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयलाई जग्गा उपलब्ध गराउने निर्णय

पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयलाई जग्गा उपलब्ध गराउने निर्णय

सरकारले पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयलाई जग्गा उपलब्ध गराउने निर्णय गरेको छ । भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । 
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले नुवाकोटको विदुरमा स्थापित सो शिक्षालयलाई सरकारी जग्गा लिजमा उपलब्ध गराउन स्वीकृति दिने निर्णय भएको हो । 
विदुर नगरपालिकाकी उममेयर प्रभा बोगटीले सरकारको निर्णयसँगै शिक्षालयको नाममा १४२ रोपनी लिजमा लिन बाटो खुलेको बताइन् । माओवादीका तत्कालीन महासचिव पोष्ट बहादुर बोगटीको स्मृतिमा सो शिक्षालय स्थापना गरिएको हो । 

salt training

कमेन्ट गर्नुहोस्