१० असार २०८३, बुधबार

जय नेपाल हलको कम्पाउण्ड खोतल्दा भेटियो टुकुचाको बहाब [फाेटाे फिचर]

जय नेपाल हलको कम्पाउण्ड खोतल्दा भेटियो टुकुचाको बहाब [फाेटाे फिचर]

काठमाडौं महानगरपालिकाले हात्तिसारस्थित जय नेपाल हलको कम्पाउण्ड खोतल्दा टुकुचा खोला पत्ता लागेको छ । 

नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला जय नेपाल हल क्षेत्रमा गायब भएको बताउँदै स्थानीयहरुले उत्खननको माग गर्दै आएका थिए ।

महानगरले नक्साअनुसार गरेको मार्किङका आधारमा खनेर हेर्दा जय नेपाल हलको कम्पाउन्ड टुकुचा खोला भेटिएको हो ।

टुकुचा खोला पत्ता लगाउन महानगरले डोजर लगाएर विभिन्न स्थानमा खनेको थियो । जय नेपाल हलको कम्पाउन्डमा करिव १५ फिट खन्दा नै टुकुचा खोला भेटिएको महानगरले बताएको छ ।

टुकुचा खोलाको मार्ग पत्ता लगाएर मापदण्ड अनुसारको ठाउँ छाडेर खोलो दायाँ बायाँ करिडोर बनाउने योजना रहेको महानगरले बताएको छ । 

महानगरकी उपमेयर सुनिता डंगोलले टुकुचा खोला पत्ता लगाउन सहयोग गरेको भन्दै स्थानीयलाई धन्यवाद दिएकी छन् । 

जय नेपाल हल परिसरमा दुवैतर्फ इँटाको पर्खाल लगाएर टुकुचा खोला सुरूङमा बगाइएको पत्ता लागेको छ । 

महानगरपालिकाले टुकुचा खोला आसपासमा बनेका संरचना हटाउन ३५ दिने सूचना प्रकाशन गरेको थियो । सूचनाको म्याद पूरा भएपछि महानगरले खोला पत्ता लगाउनको लागि डोजर लगाएर विभिन्न ठाउँमा खनेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्