२४ जेठ २०८३, आइतबार

शुक्रबारदेखि ई–सिम वितरण गरिने, के हो यो नयाँ प्रविधि ?

शुक्रबारदेखि ई–सिम वितरण गरिने, के हो यो नयाँ प्रविधि ?

नेपाल टेलिकमले दूरसञ्चार कार्यालय सुन्धारा काउन्टरबाट शुक्रबारदेखि ग्राहकहरुलाई निःशुल्क ई–सिम वितरण प्रारम्भ गर्ने भएको छ । ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकहरुले उक्त नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्ने टेलिकमले जनाएको छ । 

हाल फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकहरुका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क ई–सिममा परिवर्तन गर्न सकिने प्रवक्ता शोभन अधिकारीले जानकारी दिए । त्यसैगरी नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमा ई–सिम उपलब्ध गराइने छ भने नयाँ प्रिपेड सिमकार्ड लिन चाहने ग्राहकलाई पनि निकट भविष्यमा उपलब्ध गराइने छ । 

ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका नेपाल टेलिकमका पहिले देखिका ग्राहकले सो सिम लिनका लागि आवश्यक फारम भरेर बुझाउनु पर्नेछ । ई–सिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक ( सिम हो । ई–सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन । यसबाट फोन गर्ने र डाटा चलाउने लगायतका विभिन्न कार्य गर्न सकिन्छ । 

ई–सिम प्रयोगमा आएपश्चात सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता पनि हुँदैन ।  मोबाइल सेटबाहेक ई–सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा पहिरिन योग्य विभिन्न प्रकारका डिभाइसहरुमा समेत प्रयोग गर्न सकिने अधिकारीले जानकारी दिए । 
 

salt training

कमेन्ट गर्नुहोस्