
काठमाडौं, १८ साउन – भरतपुर काण्डको फैसला सुनाएर चर्चा र विवादमा रहेको न्यायालय फेरि अर्को एउटा यौनकाण्डका कारण चर्चामा आउने भएपछि त्यसलाई गुपचुप पारिएको छ ।
न्याय दिने निकाय न्यायालय भित्रै अस्थायी, करार र अविवाहित महिला कर्मचारीमाथि डरलाग्दो यौन शोषण हुँदो रहेछ भन्ने कुराको दह्रो प्रमाण हो यो । एउटा करारमा रहेको कर्मचारीका निम्ति काठमाडौंको बसोबासलाई आर्थिक रुपले धान्न कति गाह्रो हुन्छ भन्ने सबैलाई थाहा छ ।
यही विवशताको लाभ लिँदै खुशी पार्नु पर्ने हाकिमले तिनीहरुको यौन शोषण गर्ने गरेका छन् । तर, कुरा त्यसबेला बाहिर आयो जब उनीहरुले कार्यालयमा अगाडि नै फिट गरिएको सिसिटभीको हेक्का नराखी आफ्नो यौन लिलालाई पूर्णता दिए ।
यस्ता प्रविधि मानिसको सहयोगी बनाउन जजडान गरिएका भए पनि यो पटक भने घाँडो बन्यो र सबै पोल छताछुल्ल भयो ।
प्रसंग केही महिना अघि मात्र न्यायाधीशलाई दिनपर्छ भनि ३ लाख रुपैयाँ बुझ्दै गरेका मुद्दा फाँटका नायब सुब्बा ब्याम अर्याल रंगेहात पक्राउ गरेको जिल्ला ललितपुर हो ।
यो घटना भएको छ महिना पनि भएको छैन । त्यो बेला प्रधान न्यायाधीश सुशीला कार्कीले हाम्रो कार्य क्षेत्रको कुरा हो हामी नै कारबाही गछौंं भन्दै उनलाई त अख्तियारको पञ्जाबाट छुटाइन् तर अहिले उजुरी दर्ता फाँटमा तैनाथ भगवानको नाम गरेको सुब्बाले भण्डार कोठामा राति सवा सात बजे त्यहिँ करारमा कार्यरत अविवाहित युवतीसँग म्याद जारी गर्ने कोठामा राखेको यौन सम्बन्धको भिडियो सिसिटिभीमा देखिएको हो ।
अदालतप्रतिको जनआस्था घट्छ, जनताको न्यायालयप्रतिको विश्वास हराउँ भन्दै भन्दै यस्ता घटनालाई गुपचुप राख्ने न्यायमुर्तिहरुको दिमागमा यसरी अपराध लुकाउँदा झन विकृति बढ्छ भन्ने कुराको चेत कहिले खुल्छ ? जनआस्थामा समाचार छ ।
यसअघि पनि त्यस्तै भएको थियो न्यायाधीशहरु चुनाव गराउन गएको बेला । यस्ता काम यही अदालतमा भएका थिए ।