
महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग पुरक बयान शुरू गरेको छ ।
पुरक बयान केहीबेर अघिदेखि शुरू भएको हो ।
बैठक शुक्रवार बिहान ९ बजेका लागि बोलाइएको थियो ।
यसअघि समितिले जबरासँग ४३ प्रश्नहरु तयार पारेर जबरासँग सोधपुछ गरेको थियो ।
समितिले तयार गरेका प्रश्नको जवाफका क्रममा चोलेन्द्रले राजनीतिक दलका नेता, सहकर्मी न्यायाधीश र केही वकिलको नाम लिएका थिए ।
त्यसक्रममा जबराले विभिन्न आरोप लगाएका कानून व्यवसायीहरूसँग समितिले बिहीवार छलफल गरेको थियो ।
चोलेन्द्रले नाम लिएका वकिलसँग छलफल गरेपछि समितिले चोलेन्द्रसँग पुनः पुरक बयान गरेको हो ।
सम्भव भएसम्म आजै नभए भोलिसम्ममा समितिले निष्कर्शसहित छानबिनको प्रतिवेदन प्रतिनिधि सभामा बुझाउने तयारी गरेको छ ।
अदालतमा भ्रष्टाचारलाई बढावा दिएको, मन्त्रिपरिषद्मा भागवण्डा खोजेको जस्ता आरोप लगाउँदै सत्तारुढ दलले चोलेन्द्र विरुद्ध गत फागुन १ गते प्रतिनिधि सभामा महाभियोग दर्ता गरेका थिए ।
महाभियोग दर्ता भएपछि ७ महिनामा चोलेन्द्र निलम्बनमा छन् ।