
साताको अन्तिम दिन सुन तोलामा एक हजार रुपैयाँले घटेको छ।
शुक्रवार छापावाल सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको
नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बिहीवार सुन प्रतितोला ९२ हजार ५ सय रुपैंयामा कारोबार भएको थियो ।
चाँदीको मूल्य शुक्रवार तोलामा १० रुपैयाँले घटेको छ।
प्रतितोला ११ सय ७० रुपैयाँ कायम भएको छ।
बिहीबार चाँदी तोलामा ५ रुपैयाँ बढेर प्रतितोला ११ सय ८० रुपैयाँ थियो।