
ह्याकरहरूले एक लोकप्रिय स्कूल म्यासेजिङ एपलाई ह्याक गरेको खुलासा भएको छ ।
उउनीहरूले एम ह्याक मात्रै गरेनन् शिक्षक र अभिभावकहरूलाई नग्न तस्वीरहरू समेत पठाएको बताइएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार त्यो एपमा १ करोड शिक्षक, विद्यार्थी र अभिभावकहरू आवद्ध छन् ।
अभिभावकहरूले त्यसमा नग्न तस्वीरसँगै केही अश्लील सन्देश समेत पाएको उल्लेख गरेका छन् ।
रिपोर्टमा उल्लेख गरिएको छ, 'इलिनोइस, न्यूयोर्क, ओक्लाहोमा र टेक्सास के स्कूलका शिक्षकहरूले नग्न फोटो एपको माध्यमबाट अभिभावक र शिक्षकहरूलाई निजी कुराकानीमा पठाएको थियो।'