
तपाईंले बालबालिकालाई के मन पर्छ ? पक्कै थाहा छ 'गुडिया' ।
प्राय बालबालिकाले गुडिया वा खेलौना निकै रुचाउने गर्छन् ।
बाल्यकालमा रहँदा उनीहरूलाई अभिभावकहरूले पनि त्यस्तै खेलौनाहरू उपहार दिने गरेको पाइन्छ ।
तर यहाँ एक अचम्मको बानी भएको बालिकाको चर्चा गरिएको छ ।
तीन वर्षकी बालिकालाई 'डल' पुतली धेरै मन पर्छ ।
तर त्यो डल स्वभाविक हैन निकै अस्वभाविक लाग्छ ।
त्यो डल एक राक्षसी डल हो । डलको आँखा रातो र हाँसो निकै डरलाग्दो प्रकृतिको देखिन्छ ।
ती बालिकाकी आमाले आफ्नी छोरीलाई राक्षसी डल निकै मन पर्ने गरेको बताएकी छन् ।
३३ वर्षीया ब्रिटनी बियर्डले गत महिना आफ्नी तीन वर्षीया छोरीका लागि डल किनेकी थिइन्, जसलाई परिवारले 'क्रिपी क्लो' भनेर चिन्छन्।
उनकी छोरी ब्रेयरले त्यो डललाई निकै प्रेम गर्छिन् र सजाउने गर्छिन् ।
राति सँगै सुताउने गरेको समेत उनकी आमाले बताएकी छन् ।
डल र उनको सानो केटी आफ्नै इन्स्टाग्राममा क्रिपी क्लो र ब्रायरको नामबाट चर्चित छन् ।
