
पछिल्लो समय प्राय मानिसको घरमा कोही न कोही सदस्यलाई उच्च रक्तचाप,मोटोपना, मधुमेह जस्ता समस्या छ ।
गलत खानपनन र खराब दिनचर्याका कारण पनि विभिन्न किसिमको रोगहरू लाग्दै आएको बताइन्छ ।
आज यहाँ यस्तो सागको बारेमा चर्चा गरिन्छ जसको गुण धेरै हुन्छ ।
त्यो हो मेथी । मेथी एक गुणकारी सब्जी हो जसले धेरै प्रकारका स्वास्थ्य समस्या निराकरण गर्न सहयोग गर्छ ।
मेथिमा स्टेरोइल सैपोनिन नामक तत्व हुन्छ ।
क्याल्शियम, सेलेनियम, इग्नीज, मैग्नेशियम, पोटाशियम, नियासिन, ट्या, प्रोटीन र आयरन सेमिटी मेथीमा पोटाशियम पनि भारी मात्रामा पाइन्छ।
मेथीमा एन्टिअक्सिडेन्ट र स्टेरोइडल सैपोनिनका गुणहरू पनि पाइन्छ।
मेथीमा विटामिन ए र विटामिन सी पनि पाइन्छ जसले आँखा र छालाको लागि पनि राम्रो गर्छ ।
मेथीको सेवनले छाला चम्किलो हुनुका साथै मोटोपन पनि नियन्त्रण हुन्छ ।
यस्तै मेथीले हड्डी बलियो बनाउने देखि कपाल झर्ने समस्याको समाधान गर्ने, पेट दुखाइ कम गर्ने गर्छ ।