२५ जेठ २०८३, सोमबार

७ वर्षदेखि फरार रहेको व्यक्ति प्रहरीमा जागिर खान पुगेपछि...

भदौ ३१, २०७९
७ वर्षदेखि फरार रहेको व्यक्ति प्रहरीमा जागिर खान पुगेपछि...

टमस न्गकोबो नामक व्यक्तिलाई दक्षिण अफ्रिकाको सबभन्दा मूर्ख अपराधी भन्न थालिएको छ । 

हार्डवेयरको सामान चोरेपछि विगत सात वर्षदेखि फरार रहेका उनी प्रहरीमा जागिर खानका लागि निवेदन दिन गएको बेलामा पक्राउ परेका हुन् । 

सन् २०१५ मा ग्राहकहरूलाई दिनुपर्ने हार्डवेयर सामान अर्कै ठाउँमा पुर्‍याएर उनी फरार भएका थिए । ती सामानको मूल्य डेढ लाख रुपैयाँभनदा बढी थियो । 

न्गकोबोको चोरीका विरुद्ध म्पुमालांगा प्रहरी चौकीमा उजुरी दिइएको थियो । उनलाई प्रहरीको वान्टेड सूचीमा राखिएको थियो । 

घटनाको सात वर्षपछि न्गकोबो प्रहरी चौकी पुगेर प्रहरीमा जागिर खाने निवेदनका बारेमा बुझ्न थालेका थिए । 

उनलाई चौकीमै समातिएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्