१६ असार २०८३, मंगलबार

आइएमई दशैं अफर : दैनिक र साप्ताहिक गरि ९ विजेता छनोट

आइएमई दशैं अफर : दैनिक र साप्ताहिक गरि ९ विजेता छनोट

दशैं, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा आइएमईले सेवाग्राहीहरूलाई लक्षित गर्दै संचालनमा ल्याएको 'आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा' नामक सेवाग्राहीमुखी दशैं अफर अन्तर्गत दोस्रो हप्ताका विजेता सार्वजनिक गरेको छ ।

बिहीवार काठमाडौं पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा फेसबुक लाइभ मार्फत सार्वजनिक गरिएको नतिजा अनुसार सेवाग्राहीहरू अस्तबहादुर महर्जन र कृष्णबहादुर बस्नेत साप्ताहिक विजेता छनोट भएका छन् ।

उनीहरूले जनही  २५ हजार रुपैयाँ पाउनेछन्  ।

त्यस्तै सेवाग्राहीहरू ममता गुरुङ, कमला बुढाथोकी, सरिता लामा, रामसुन्दर कुशुवाहा महतो, लक्ष्मी जीसी, आयुष तमाङ्ग र बिदुर तमाङ्ग मोक्तान दैनिक विजेता छनोट भएका हुन् । 

उनीहरू प्रत्येकले एक/एक सामसुङ मोबाइल सेट उपहार स्वरूप प्राप्त गर्ने कम्पनीले जनाएको छ। 

salt training

कमेन्ट गर्नुहोस्