१० असार २०८३, बुधबार

उज्बेकिस्तानको समरकन्दमा पुटिनले रोपे रुख (भिडियो)

भदौ ३१, २०७९
उज्बेकिस्तानको समरकन्दमा पुटिनले रोपे रुख (भिडियो)

उज्बेकिस्तानको समरकन्द शहरमा शांघाई कोअपरेसन अर्गनाइजेसनको बैठकमा भाग लिन पुगेको रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुख रोपेका छन् । 

बिहीवार राति द्विपक्षीय वार्तापछि एससीओ सदस्य तथा डायलग पार्टनरका प्रमुखहरूले रुख रोपेका थिए । उनीहरूले ग्रेट सिल्क रोड इन्टरनेसनल टुरिस्ट सेन्टरमा रुख रोपेका हुन् । 

‘पूर्वी देशहरूको संस्कृतिमा रुख रोप्ने संस्कृति असल उद्देश्यसँग जोडिएको हुन्छ,’ उज्बेक राष्ट्रपतिको प्रेस सेवाले जनायो । ‘त्यस अर्थमा एससीओसँग जोडिएका मुलुकका नेताहरूले रोपेको रुख मित्रता, असल छिमेकीपन र विकास तथा समृद्धितर्फ एससीओ सदस्य मुलुकहरूको साझा उद्देश्यको प्रतीक हो ।’

salt training

कमेन्ट गर्नुहोस्