०६ असार २०८३, शनिबार

आजदेखि दसैँ सहुलियत पसल सञ्चालनमा

आजदेखि दसैँ सहुलियत पसल सञ्चालनमा

दसैँका लागि शनिबारदेखि सहुलियत पसल सञ्चालनमा आउँदैछ ।  देशैभरका विभिन्न ठाउँमा सहुलियत पसल सञ्चालन हुने छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ४१ जिल्लाका ४४ आउटलेटमा शनिबारदेखि कात्तिक १५ गतेसम्म सहुलियत पसल सञ्चालन हुने जानकारी दियो । 

चामल, दाल, चिउरा, आटा, कर्णाली प्रदेशका गेडागुडी लगायत खाद्यमा हाल बिक्री भइरहेको मूल्यको तुलनामा प्रतिकेजी ७ रुपैयाँ छुट दिइने कम्पनीका बिक्री वितरण विभागले जनाएको छ ।  काठमाडौं उपत्यकाको हकमा रामशाहपथ, नख्खु र थापाथली र भक्तपुरको सूर्यविनायकमा सहुलियत पसल सञ्चालन हुने छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्