०९ असार २०८३, मंगलबार

गच्छदार र मन्सुरको नाम छुट्दा सभामुखलाई आपत !

कात्तिक २०, २०७४
गच्छदार र मन्सुरको नाम छुट्दा सभामुखलाई आपत !

काठमाडौं १८ साउन– व्यबस्थापिका संसदको बैठक बस्ने दिन अघिल्लो पटकको बैठकको संक्षिप्त कारवाहीको विबरण सांसदहरुलाई वितरण गर्ने गरिन्छ । बुधवार बसेको संसदको बैठकमा साउन १५ गते बसेको बैठकको कामकारवाहीको व्यहोरा वितरण गरिएको थियो ।

आइतवार बसेको बैठकको कार्यसूचीमा मन्त्रिपरिषद् विस्तार सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने कार्यसूची थियो । सो व्यहोरा बुधवारको जानकारी पत्रमा उल्लेख गरिएको थियो ।

मन्त्रिपरिषद् विस्तार सम्बन्धी सभामुखले पढेको राष्ट्रपति कार्यालयको पत्रको सूचनापत्रमा दुइ मन्त्रीको नाम छुटेको देखेपछि नेपाली कांग्रेसका सांसद एनपी साउदले सभामुखको ध्यानाकर्षण गराए ।
सभामुखले कांग्रेस सांसद धनराज गुरुङलाई विशेष समयमा बोल्न समय दिएकै समयमा एनपी सावदले हात उठाए र मन्सुरको नाम कसरी छुट्यो भनेर प्रश्न गरे ।

मन्त्रिपरिषद् विस्तारको पत्रमा गोपालमान श्रेष्ठ लगायत पहिलो चरणमा मन्त्री बनेकाको नाम समावेश भएको तर मन्सुर र गच्छदारको नाम कसरी छुट्यो भनी प्रश्न गरे ।

एकछिन सभामुख ओनसरी घर्ती अलमलमा परिन । पछि संसदका महासचिव मनोहर प्रसाद भट्टराइे सभामुख घर्तीलाई संसदलाई प्राप्त पत्रमा सोही व्यहोरा उल्लेख रहेको बताए । सभामुखले जानकारी गराएपछि सावद बसे ।

salt training

कमेन्ट गर्नुहोस्