
तपाईंलाई बच्चालाई स्तनपान बच्चाको स्वास्थ्यका लागि मात्र आवश्यक छ भन्ने लाग्छ भने तपाईं गलत हुनुहुन्छ । आमाको दुध देशको अर्थव्यवस्थासँग जोडिएको हुन्छ ।
संयुक्त राष्ट्रसंघको एक रिपोर्ट अनुसार भारतमा हरेक वर्ष लगभग एक लाख बालबालिका यस्तो विरामीका कारण मर्छन जो स्तनपानबाट रोक्न सकिन्छ ।
यसका साथ यस्तो रिपोर्टपनि आएको छ कि अपर्याप्त स्तनपानका कारण हुने मृत्यु तथा अन्य नोक्सानले देशको अर्थव्यव्वस्थामा १४ अर्ब डलरको नोक्सान भएको छ । युनिसेफ तथा विश्व स्वास्थ्य संगठनले ग्लोबल ब्रेस्टफिडिङ कलेक्टिवका साथ लिलेर ए नयाँ रिपोर्ट ग्लोबल बेस्टफीडिङ स्कोरकार्ड जारी गरेको छ ।
यसमा भनिएको छ कि स्तनपान सिर्फ डायरिया तथा निमोनियाँट बच्न मद्दत गर्दैन कि आमाको लागि गभाएशायको क्यान्सर तथा स्तन क्यानसरको खतरा पनि कम हुन जान्छ ।
विश्वका विभिन्न देशमा आमाहरुले स्तनपान नगराउँदा बालबालिकको मृत्यु दर कम भएको छैन । जुन दुध पिलाएको खण्डमा कम गर्न सकिन्छ ।
विभिन्न देशमा अपर्याप्त स्तनपानका कारण हुने मृत्यु तथा अन्य नोक्सानीका कारण अर्थव्यवस्थामा प्रतिमहिला ११९ अर्ब डलर क्षति हुने गरेको छ ।