११ असार २०८३, बिहीबार

आफ्नै दाह्रीको जम्मा एउटा रौंबाट मुकेश थापा चित्र बनाउँछन्

कात्तिक २०, २०७४
आफ्नै दाह्रीको जम्मा एउटा रौंबाट मुकेश थापा चित्र बनाउँछन्

काठमाडौं, १८ साउन — भारतको हिमाचल प्रदेशस्थित धर्मशालामा बस्ने मुकेश थापाले आफ्नै दाह्रीको एक रौंले चित्र बनाएर कीर्तिमान कायम गरेका छन् । नेपाली मूलका मुकेशले बनाएका चित्रहरू विश्वका अनेकौं भागमा प्रदर्शन भइसकेका छन् ।


उनको कीर्तिमान धेरैथरी रेकर्ड बूकमा दर्ता भइसकेका छन् ।

मुकेशलाई आफ्नो पहिलो चित्र तयार गर्न एक वर्ष लागेको थियो । उनी विगत २४ वर्षदेखि चित्र बनाइरहेका छन् ।

क्यान्भासमा बनाइने चित्र पूरा गर्नका लागि मुकेशले आफ्नै दाह्रीको एउटा रौं निकालेका थिए ।

मुकेशले चित्रकारिताको कुनै औपचारिक तालिम लिएका छैनन् । उनी आफ्नो कला ईश्वरको वरदान हो भन्छन् ।


उनलाई ६ कक्षा पढ्दादेखि चित्र बनाउने शोख थियो । मेहनत गर्दा जस्तो उपलब्धि पनि हात पार्न सकिने उदाहरण मुकेश आफैं हुन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्