१७ असार २०८३, बुधबार

यस्तो बेला महिलालाईभन्दा पुरुषलाई बढि पीडा

कात्तिक २०, २०७४
यस्तो बेला महिलालाईभन्दा पुरुषलाई बढि पीडा

एजेन्सी– एक शोधका अनुसार ठूलो शल्यक्रियापछि स्वास्थ्य लाभ गर्ने क्रममा पुरुषहरुलाई महिलाभन्दा बढि पीडा हुने गरेको पत्ता लागेको छ ।pain
जर्मनीको एक अस्पतालमा हृदय र पेटसम्बन्धि शल्यक्रिया गर्ने करिब दश हजार बिरामीहरुमा यो परिक्षण गरिएको थियो ।
युरोएनेस्थिसिया सम्मेलनमा सहभागी भएका महिला र पुरुषहरुको साक्षात्कारबाट पुरुषलाई बढि पीडा हुने पत्ता लागेको छ ।
यद्यपी महिला र पुरुषको बिचमा पीडाको अन्तर हुन्छ भन्नु विवादास्पद भएको अरु विशेषज्ञहरु बताउँछन् ।

पीडाको मामलामा हर्मोनको पनि भूमिका हुने बताइएको छ । पुरुषहरुमा पाइने सेक्स हर्मोन टेस्टोस्टेरानले पीडा कम हुने र महिलामा हुने पीडामा उनको महिनावारीको भूमिका हुने बताइएको छ ।

सांस्कृतिक र मनोवैज्ञानिक कारणले गर्दा पनि पीडा कति हुने भन्ने कुरा निर्भर हुने बताइको छ ।

salt training

कमेन्ट गर्नुहोस्