काठमाडौँ, १८ साउन - सनराइज बैंकको गौशाला शाखाले आज महिलाका लागि मेहेन्दी उत्सव कार्यक्रम आयोजना गरेको छ ।

बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत मेहेन्दी उत्सव २०७४ आयोजना गरिएको शाखा प्रबन्धक कमलबहादुर अधिकारीले जानकारी दिए । बैंकको शाखा कार्यालय गौशालामा सम्पन्न उत्सवमा ७० भन्दा बढी महिलाले हातमा मेहेन्दी लगाएर रमाइलो गरेका थिए ।
साउन महिनामा मेहेन्दी लगाउने चलनलाई सम्मान गर्दै बैंकले उत्सव आयोजना गरेको प्रबन्धक अधिकारीको भनाइ छ ।
बैंकले देशभरका शाखा कार्यालयमा साउन महिनाभर मेहेन्दी उत्सव गर्दै आएको छ । हरियो महिनाको रुपमा चिनिने साउनलाई महिला दिदी–बहिनीहले विशेष महत्वका साथ लिने गरेका छन् ।