१० असार २०८३, बुधबार

श्रीमतीको अनुहारमा तातो तेल खन्याएर भाग्ने श्रीमान् प्रहरी फन्दामा

कात्तिक २०, २०७४
श्रीमतीको अनुहारमा तातो तेल खन्याएर भाग्ने  श्रीमान् प्रहरी फन्दामा

दोलखा, १८ साउन - श्रीमतीको अनुहारमा तातो तेल खन्याएर मार्न खोज्ने श्रीमान्लाई प्रहरीले मंगलबार पक्राउ गरी आज सार्वजनिक गरेको छ ।jail

गएको जेठ २२ गते श्रीमतीको अनुहारमा तातो तेल खन्याएर फरार रहेका बैतेश्वर गाउँपालिका–६ का ३६ वर्षीय कुमार तामाङलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

तामाङले गएको जठ २२ गते श्रीमती उर्मिला तामाङलाई मासु पकाउन तताइएको तेल अनुहारमा खन्याएर गम्भीर घाइते पारेका थिए ।

तामाङलाई ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता गरिएको छ । उर्मिला केही दिनअघि काठमाडाँैस्थित त्रिभुवन शिक्षण अस्पतालमा उपचार गराई घर फर्केकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्