चितवन, १८ साउन—मुग्लिन— नारायणगढ सडकखण्डको कालिखोला नजिक आज साँझ गएको पहिरोले दुई ओटा गाडी पुरिएका छन् ।

पहिरोले इलामतर्फ जाँदै गरेको ना ६ ख ७१२१ नम्बरको बस र नारायणगढतर्फ जाँदै गरेको बा १५ प ९३८१ नम्बरको स्कारपियो जीप पुरिएको प्रहरीले जनाएको छ ।
सुरुमा बस र जीप गुड्दै गर्दा पहिरो खस्न थालेको र त्यतिनै बेला यात्रुहरुले भागेर ज्यान जोखाएपनि लगत्तै आएको ठूलो पहिरोले गाडी पुरेको बताइएको छ ।
जिप्रका चितवनले रातको समय भएकाले थप विवरण आउन बाँकी रहेको जनाएको छ ।
आजै प्रधानमन्त्री शेरबहादुरले उक्त सडकखण्डको निरीक्षण गरेका थिए भने दशैं अघि नै सो सडकखण्डबाट सहज आवगमनको व्यवस्था मिलाउन निर्देशन दिएका थिए ।