१६ असार २०८३, मंगलबार

‘बाबरी’ युरोपमा पनि प्रदर्शन हुने

‘बाबरी’ युरोपमा पनि प्रदर्शन हुने

दशैंको अवसर पारेर असोज १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘बाबरी’को विदेशमा दिन प्रतिदिन माग बढिरहेको छ । चलचित्रको हालसम्म हङकङ, अष्ट्रेलिया र दक्षिण कोरिया राइट्स महँगो मूल्यमा बिक्री भइसकेको छ । यसैबीच, चलचित्रको युरोप राइट्स पनि बिक्री भएको निर्माण टिमले जानकारी दिएको छ ।

चलचित्रको युरोप राइट्स गुरुङ केएनएस इन्टरटेनमेन्ट र केन्द्र मोशन पिक्चर्सले खरिद गरेका हो । फिल्मको डिजिटल राइट्स पनि केन्द्र मोशनले नै किनेको थियो । यी दुई कम्पनीले चलचित्रको राइट्स किनेकाले अब युरोपमा चलचित्र रिलिज गर्न चाहनेले किरण गुरुङ र केन्द्र लिम्बुसँग सम्पर्क गर्न निर्माण टिमले जानकारी दिएको छ ।

चलचित्रले सार्वजनिक गीत–संगीत र ट्रेलरले दर्शकमाझ राम्रो हाइप निर्माण गरेकाले पनि विदेशमा राम्रो माग भइरहेको निर्देशक सुरेन्द्र पौडेलले बताए । बुधवारदेखि निर्माण टिम दर्शकसँग साक्षात्कार गर्न मोफसलका विभिन्न शहरमा पुगेको छ । जहाँ चलचित्रको निर्माण टिमलाई दर्शकको राम्रो साथ मिलिरहेको छ । 

चलचित्रमा अदिति बुढाथोकी, धीरज मगर, धीरज नाडकर, बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, धुर्व कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशाला गुरुङ, दीलिप गुरुङ, डिचेन्ला वान्ग्मो थुङ्गोनलगायतका कलाकारहरुको अभिनय छ ।

चलचित्रमा गणेश बुढाथोकी र पुष्पलता बुढाथोकीको निर्माण रहेको छ । सिजन दाहाल, मनोज त्रिपाठी, रित बोहरा र किशोर नेपालको लेखन रहेको चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, कालीप्रसाद बाँस्कोटा, सुजन चापागाईं र अनमोल गुरुङको संगीत, स्वयंम निर्देशक पौडेलले सम्पादन गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्