×

NMB BANK
NIC ASIA

सन्तोष भन्छन्– ‘प्रेमगीत ३’ विश्वका १ हजार बढी हलमा लाग्दैछ, हाम्रा नेताहरू किन बेखबर होलान् ?

असोज ६, २०७९

NTC
Premier Steels

चलचित्र ‘प्रेमगीत ३’ शुक्रवारदेखि नेपाल, भारतसँगै विभिन्न देशहरूमा एकसाथ प्रदर्शनमा आउँदैछ । चलचित्र प्रदर्शनमा आउँदै गर्दा निर्माता एवं निर्देशक सन्तोष सेनले फेसबुकमा एउटा लामो स्टाटस लेखेका छन् । 

Muktinath Bank

उनले आफूहरूले गरेको काम व्यवसाय भन्दा पनि चलचित्र उद्योगको विकास र स्तरोन्नतिको लागि एक नेपाली निर्माताको जिम्मेवारी र कर्तव्य पनि भएको बताएका छन् । सेनले एउटा नेपाली चलचित्र संसारभरका १ हजारभन्दा धेरै हलमा लाग्दै गर्दा राजनीतिक दलका नेताहरू यसबारे किन बेखबर होलान् भनेर गुनासो समेत गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनी लेख्छन्, ‘एउटा नेपाली चलचित्र संसारभरका १ हजारभन्दा धेरै हलमा लाग्दैछ । हिन्दी भाषामार्फत नेपाली चलचित्रले विश्व चलचित्र उद्योगमा प्रवेश गरेको छ । तर, अनावश्यक एकले अर्कालाई गाली गर्ने, सधै सत्ताको लागि लडाइँ गर्ने राजनीतिक दलका नेताहरू यसबारे बेखबर किन हुनुभएको होला ? चलचित्र उद्योगको स्तरोन्नतिका लागि उहाँहरूको कुनै पनि दायित्व छैन र ? चलचित्र उद्योग पनि उद्योग हो, यो उद्योगमा पनि धेरै नेपालीहरू आश्रित छन् भन्ने किन उहाँहरूलाई अहिलेसम्म मनन् भएन होला ? हामीहरूको यो सफलतामा उहाँहरूले हौसलास्वरुप केही धारणा राख्ने, समाजिक सन्जालहरूमार्फत हामीहरूका लागि थप प्रेरणा दिने किसिमका कुनै पोस्टहरू राख्नुपर्ने होइन  ?’ 


Advertisment
Nabil box
Kumari

भारतमा मुख्यमन्त्री, मन्त्रीहरू तथा विभिन्न राजनीतिक दलका नेताहरूले चलचित्रबारे निरन्तर चासो दिइरहेको समेत सन्तोषले बताएका छन् । त्यहाँका व्यापारी, उद्योपतिहरूले पनि चासो दिइरहेको उनको भनाइ छ । ‘तर, स्वयं मेरो देशका नेता तथा मन्त्रीहरू कता हुनुहुन्छ खै !’, सन्तोषले लेखेका छन् । 

Vianet communication

सन्तोषले चलचित्रकर्मीहरूको दुःख र पीडा बुझ्ने आफूहरूको अभिभावक संस्था चलचित्र विकास बोर्डले दर्शकहरूको मागअनुसार चलचित्र हललाई सौहार्दपूर्ण वातावरणमा चलचित्र लगाउने वातावरण बनाइदिन पनि स्टाटसमार्फत अनुरोध गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x