१० असार २०८३, बुधबार

बोक्सीको आरोपमा कुटपिट

कात्तिक २०, २०७४
बोक्सीको आरोपमा कुटपिट

दाङ, १९ साउन - बोक्सीको आरोपमा एक महिलामाथि कुटपिट भएको छ ।

लमही नगरपालिका–४ निवासी लक्ष्मी विकलाई हिजो आफन्तले बोक्सीको आरोपमा कुटपिट गरेका हुन् । कुटपिटपछि विक न्यायका लागि वडा प्रहरी कार्यालय लमहीमा पुग्नुभएको थियो ।

पीडित विकले आफ्ना जेठाजु कृष्ण र जेठानी केशरीले छोरालाई बोक्सी लागेको भन्दै कुटपिट गरेको बताउनुभयो ।

पीडित विकले बुधबार प्रहरी कार्यालयमा उजुरी दिनुभएको छ । वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज खड्काले घटनामा संलग्न देखिएका व्यक्ति दोषी ठहरिएमा प्रचलित कानूनबमोजिम कारबाही हुने बताउनुभयो ।

salt training

कमेन्ट गर्नुहोस्