२९ जेठ २०८३, शुक्रबार

कस्तो रहला आज दिनभरको मौसम ? यस्तो छ पूर्वानुमान

कस्तो रहला आज दिनभरको मौसम ? यस्तो छ पूर्वानुमान

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ।

शुक्रवार बिहान देशभर आंशिकदेखि सामान्य बदली  रही प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रवार दिउँसो पनि देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहनेछ।

लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ ।

शुक्रवार राति देशका तराई भू-भागका केही  स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ  छ ।  

salt training

कमेन्ट गर्नुहोस्