
नेपालकै अग्रणी व्यवसायिक संस्था सूर्य नेपाल प्रालिले आफ्नो नयाँ उत्पादन मंगलदीप पुष्पाञ्जली पूजा अगरबत्ती नेपाली बजारमा सार्वजनिक गरेको छ ।
आकर्षक प्याकेजिङ्गले सुसज्जित पुष्पाञ्जली अगरबत्तीको हरेक प्याकमा ९ इन्चका ८० वटा ब्राउन रङ्गका सुगन्धित काँटीहरू हुनेछन् ।
कम्पनीले पुष्पाञ्जली अगरबत्तीको प्रति प्याक विक्री मूल्य रु.१०० कायम गरेको छ ।
यस अगरबत्तीमा फुलको थप सुगन्ध भएकोले हरेक शुभ कार्यको निमित्त उपयुक्त हुनुका साथै पूजाको अद्वितिय अनुभव प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
यस अगरबत्तीले उत्कृष्ट गुणस्तरियता कायम राखी साथमा मंगलदीप ब्राण्डको छबि र ब्राण्डप्रति उपभोक्ताको लगावलाई बलियो बनाउँछ भन्ने आशा राखेको छ ।
दैनिक पूजामा प्रयोग हुने विभिन्न सुगन्धित फूलहरूको सम्मिश्रण मंगलदीप पुष्पाञ्जली अगरबत्तीमा रहेको छ ।
यस अगरबत्तीको सुगन्धले सम्पूर्ण घरलाईनै पावन बनाउँछ ।
आफ्नो हरेक विहानी पुष्पाञ्जली प्रिमियम अगरबत्तीको थप सुगन्ध प्रयोग गरी आफ्नो दैनिकी लाई सुमधुर बनाउनुहोस् ।
यस उत्पादनले, प्रिमियम अगरबत्ती खोज्नुहुने सम्पूर्ण ग्राहकहरूको मन जित्ने विश्वास कम्पनीले लिएको छ ।
मंगलदीप पूजा अगरबत्ती अन्तर्गत चम्पा, अर्पण, स्यान्डल, ल्यावेंडर, ज्यास्मिन, त्रिसारा, तथा त्रेया लगाएतका विभिन्न ब्रान्डहरू बजारमा सर्बत्र उपलब्ध छन् ।