०५ साउन २०८३, मंगलबार

राष्ट्रपति भण्डारीलाई विपक्षी बनाएर दायर रिट न्यायाधीश शर्माको इजलासमा

राष्ट्रपति भण्डारीलाई विपक्षी बनाएर दायर रिट न्यायाधीश शर्माको इजलासमा

नागरिकता विधेयक प्रकरणमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई विपक्षी बनाएर दायर गरिएको रिट न्यायाधीश मनोजकुमार शर्माको इजलासमा पेशी चढेको छ ।

अधिवक्ता डा. सुनिलरञ्जन सिंहलगायतले दायर गरेको रिट शुक्रवार न्यायाधीश शर्माको एकल इजलासमा पेशी चढेको हो ।

राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने निर्णय गरेको भए उत्प्रेषणको आदेशले उक्त निर्णय बदर गर्न र विधेयक प्रमाणीकरणका लागि परमादेश जारी गर्न रिटमा माग गरिएको छ ।

दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि पुगेको विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरेपछि उनलाई विपक्षी बनाएर रिट दायर भएको हो ।

राष्ट्रपति भण्डारीले प्रतिनिधिसभाको कार्यकाल सकिएपछि विधेयक स्वत: निष्क्रिय भएको कारण देखाउँदै प्रमाणीकरण गर्न अस्वीकार गरेकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्